काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा उपत्यकामा थप २ सय २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडाैंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ५७ जनाको मृत्यु भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।