Aafno Khabar

काेराेना संक्रमित थप ८ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 24, 2020 प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

सोमबार नेपालमा थप  ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । संक्रमितमध्ये १८ हजार ८ सय ६ जना निको भइसकेका छन् ।