Aafno Khabar

बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुलमा राेक

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडाैं । सरकारले  बिहीबारदेखि काठमाडाैं उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित भएकाे जिल्ला तथा शहरी इलाकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुलमा राेक लागाउने भएकाे छ ।

काेराेना भाइरसकाे बढ्दाे संक्रमण मध्यनजरमा राखेर सरकारले याे निर्णय गरेकाे गृह मन्त्रालयले जनाएकाे छ ।

सरकारले बिहीबारदेखि नै लागू हुने गरी २०० संक्रमित भएकाे जिल्ला तथा शहरी इलाकासहित काठमाडाैं उपत्यकामा जाेर विजाेर प्रणाली लागू गर्ने निर्णय गरेकाे छ ।