Aafno Khabar

बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडाैं । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने भएको छ।

सुन्नका लागि

भोलिदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले जनाएकाे छ ।

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् ।