Aafno Khabar

फिफा क्लब विश्वकप स्थगित

  • २०७६ चैत्र ६ गते ०७:०१ प्रकाशित

एजेन्सी । सन् २०२१ को जुन महिनामा चीनमा हुने भनिएको फिफा क्लब विश्वकप स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण खेल स्थगित गरिएको फिफाले जनाएको छ ।

२४ टिम सहभागि हुने भनिएको क्लब विश्वकप फुटबल सन् २०२१ को जुन १७ देखि जुलाइ ४ सम्मको मिति तय गरिएको थियो ।

कोरोना भाइरसका कारण युरोकप फुटबल र कोपा अमेरिका पनि एक वर्ष पछि सरेको छ । क्लब विश्वकपको खेलका बारेमा भने फिफाले कोरोना संक्रमणको स्थिति हेरेर नयाँ मितिबारे पछि जानकारी गराउने बताएको छ ।