Aafno Khabar

एभर्टनका प्रशिक्षकमाथि अभद्र व्यवहारको आरोप

  • March 3, 2020 प्रकाशित

एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीमाथि एफएले अभद्र व्यवहारको आरोप लगाएको छ ।

म्यानचेस्टर युनाइटेडसँगको खेलमा रातो कार्ड पाएका प्रशिक्षक एन्सिलोटीले खेल भावना विपरित व्यवहार गरेको र रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोप एफएले लगाएको हो ।

म्यानचेस्टर युनाइटेडसँगको खेलको अन्तिम समयमा डोमिनिक काल्भर्ट–लेविनले गरेको गोल अफसाइड भन्दै रेफ्रीले रद्द गरेपछि प्रशिक्षक एन्सिलोटी चिच्याउँदै रेफ्री क्रिस काभानाभ सामु गएका थिए ।