Aafno Khabar

पहिलो टेष्ट क्रिकेटमा भारतकाे लज्जास्पद हार

  • २०७६ फाल्गुन १२ गते ०५:१५ प्रकाशित

एजेन्सी – न्यूजिल्यान्डसँगको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित भएको छ ।

दोस्रो इनिङमा भारत १ सय ९१ रनमै अलआउट भएपछि जम्मा ९ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले दोस्रो इनिङ्समा विकेट नगुमाइ १.४ ओभर खेलेर लक्ष्य पूरा गरेको हो ।

भारतका लागि अजिन्क्या रहाने २९ रन बनाए भने हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रन तथा ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् ।

भारत पहिलो इनिङ्समा १ सय ६५ रनमा अलआउट भएको थियो भने न्यूजिल्याण्डले पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएको थियो ।