काठमाडौं । वाई वाई शहिद रिदामाहाङ्ग रामलिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबलमा विभागीय टिम एपीएफ फाईनल प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको ३२ औ मिनेटमा आत्मघाति गोलले एपीएफ खेलमा पछाडी पर्यो । ३२ औ मिनेटमा एपीएफकी मनमाया लिम्बुले आत्मघाति गोल गरेकी थिईन् ।
खेलको ४१ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याईन् ।
सावित्रा भण्डारीले ७० औ मिनेटमा गोल गर्दै एपीएफलाई जित दिलाईन् ।
खेलको ‘वुमन अफ दी म्याच’ अनिता बस्नेत घोषित भईन् ।
दोस्रो सेमिफाईनलमा भोली (बिहिबार) रौतहट जिल्ला फुटबलसंघ र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित मोरङ-११, एभरेष्ट फुटबल क्लब, बासहा राईजिन युथ कलब,सुनसरी, रौतहत महिला फुटबल टिम र आयोजक टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख प्राप्त गर्दा उपविजेताले १ लाख प्राप्त गर्नेछ ।