Aafno Khabar
ट्रेन्डिङ खबर

दाङको एक मस्जिदमा दुई समूहबीच झडप

दाङ । दाङको एक मस्जिदमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ...

एमाले घोषणापत्र : भ्रष्टाचारमुक्त जनप्रतिनिधिको परिकल्पना, विकासमा आफ्नो स्वामित्व दावी

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वस्थ नेपाली,...

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो। नियामक नेपाल नागरिक...

श्रीमतीलाई गाउँपालिका अध्यक्ष सिफारीस गर्न एमाले प्रदेश अध्यक्षको कुटील खेल

सुर्खेत । नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन सकस देखिएको छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीलाई निर्णय लिन सकस परेको हो । ‘उम्मेदवार छनोट गर्न...

निर्वाचन आचार संहिता लागु हुँदै, के–के गर्न पाइँदैन

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज मध्यरातिदेखि आचार संहिता लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु...

भोलि बिहानबाट देशैभरका पेट्रोल पम्पले इन्धन बिक्री गर्ने सहमति

काठमाडौं । विभिन्न माग राख्दै पेट्रोलको ढुवानी र बिक्री ठप्प पारेका पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ । पेट्रोलियम व्यवसायीहरूको कमिसन...

मेलम्चीमा क्षती नहोस भनेर मन्त्रीको क्षमा पूजा

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातमा आएको बाढीले क्षति पुर्याएको थियो...

पाँच हजार परीक्षणमा कोरोनाका २५ सङ्क्रमित, यी हुन शून्य सङ्क्रमण भएका जिल्ला

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज २५ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ५० खेल, करणको ह्याट्रिक विकेट (फोटोफिचर)

काठमाडौं । नेपाली क्रिकेट टोली घरेलु मैदानमा बिहीबार नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो । त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात...