Aafno Khabar

श्रीमतीलाई गाउँपालिका अध्यक्ष सिफारीस गर्न एमाले प्रदेश अध्यक्षको कुटील खेल

  • आफ्नो खबर
  • २०७९ बैशाख ५ गते ०९:२८ प्रकाशित

सुर्खेत । नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन सकस देखिएको छ ।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीलाई निर्णय लिन सकस परेको हो ।

‘उम्मेदवार छनोट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा नै जमाएका छन् । आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि उनले सिफारिस चुनाव पनि गर्न नदिएको पालिका कमिटीका एक सदस्यले जानकारी दिए ।

पूर्वराज्यमन्त्री उनी प्रदेश कमिटिको अध्यक्ष पनि हो । उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनावविना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका छन् ।

ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन् ।