Aafno Khabar
खबर

देशका यी स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं । साेमबार देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले साेमबार देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले...

२४ घण्टामा थपिए २४०७ जना काेराेना सङ्क्रमित

काठमाडौं । थप २४०७ जना काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे...

उपत्यकामा थप एक साता निषेधाज्ञा, यी क्षेत्र भए खुला

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बैठकले...

काठमाडाैंमा राेकिएकाे भेराेसेल खाेप भाेलिदेखि यी अस्पतालमा लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेराेसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो ।...

राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम बन्द हुने !

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको सदनमा सो विधेयक...

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने

काठमाडाैं । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको...

गण्डकी प्रदेशको मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली पोखरेल

काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१...

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६२९५ जना संक्रमणमुक्त

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ३३८४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा ३३८४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये काठमाडौंका ३९१, ललितपुरका १३० र...

विवादास्पद अभिव्यक्तिमा सांसद वैद्यद्वारा आत्मालोचना

काठमाडाैं । विवादास्पद अभिव्यक्ति दिएका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभा बैठकमा आत्मालोचना गरेका छन् । आइतबार बागमती प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् । उनले आवेशमा आएर बोलेको जनाएका छन् ।...

प्रधानमन्त्रीबारे वैद्यकाे आपत्तिजनक अभिव्यक्तिपछि कसले के भने ?

काठमाडाैं । वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेकाे छ । कांग्रेस सांसद् वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, 'ओली यसरी आइराख्या...