Aafno Khabar

२४ घण्टामा थपिए २४०७ जना काेराेना सङ्क्रमित

  • आफ्नो खबर
  • २०७८ जेष्ठ ३० गते १७:०८ प्रकाशित

काठमाडौं । थप २४०७ जना काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

पछिल्लाे २४ घण्टामा ३९९४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ४६ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । हालसम्म कोरोना सङ्क्रमणका कारण नेपालमा ८ हजार ४१२ जनाले ज्यान गमाइसकेका छन् ।

यही अवधिमा काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।