Aafno Khabar
खबर

थप २ हजार ६२२ जनामा संक्रमण, २३ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा...

सकियाे प्रतिनिधिसभा विघटनकाे मुद्दामा बहस, असार २८ मा फैसला

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई सुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । सोमबारको इजलासमा प्रधानन्यायाधीश...

निर्वाचन आयोगले तयार पार्‍यो मध्यावधि निर्वाचनको कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तालिका तयार पारेको छ । आयोग स्रोतका अनुसार पहिलो चरणको निर्वाचनका लागि आयोगले तयार गरेको कार्यतालिकामा असोज २० उमेदवारी मनोनयन तथा उजुरीका लागि असोज २२ र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने...

साउन ८ सम्ममा चीनबाट ४० लाख डोज खोप आउने, यस्तो छ खाेप लिन जाने जहाजकाे ‘उडान तालिका’

काठमाडौं । सरकारले आउँदो साउन ८ गतेभित्रै ४० लाख डोज कोरोना खोप चीनबाट ल्याइसक्ने दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यसकाे लागि तयारी पनि थालिएकाे बताएका छन् । चीनबाट कोरोना भाइरसविरुद्धको खोप...

चीनबाट आउने ४० लाख डोज खोपको प्राथमिकता सूचीमा को ?

काठमाडौं । पौने आठ लाख नेपालीले पहिलो मात्रा र झन्डै तीन लाख नेपालीले दुवै मात्रा लगाएको चिनियाँ भेरोसेल खोप थप आपूर्ति भएपछि उमेर समूह र विपद्‌बाट प्रभावित क्षेत्रहरूलाई प्राथमिकता दिएर वितरण गरिने अधिकारीहरूले बताएका छन्। हालसम्म नेपालले चीनबाट अनुदानमा पाएको...

प्रधानमन्त्रीसहितका नेताले चिनियाँ राष्ट्रपतिसँग भर्चुअल कुराकानी गर्ने

काडमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ । मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन्। भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा...

बाढी पहिरोले अवरुद्ध राजमार्गहरुमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । निरन्तरको वर्षातले झरेको पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गहरु खुल्न थालेका छन् । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको छ । पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा...

थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०१३३ को परीक्षण गर्दा २३२८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मुलुकभर ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण...

यी क्षेत्रमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडाैं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २,...

लुम्बिनी सरकार अल्पमतमा, विपक्षीको मागे मुख्यमन्त्री पाेखरेलकाे राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरि अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका...