काठमाडौं । परीक्षण बढेपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । यसअघि परीक्षण घटेपछि संक्रमितको संख्यामा पनि कमि आएको थियाे । मंगलबार परीक्षण बढाएपछि संक्रमितको संख्या पनि बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसअघि सोमबार ११ हजार ५२७ को परीक्षण गर्दा २ हजार ६२२ जनामा कोरोना पुष्टि भएको थियो ।
गएकाे आइतबार ८ हजार १३२ जनाको परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण देखिएको थियो भने शनिबार १० हजार १३३ को परीक्षण गर्दा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
मंगलबार परीक्षण बढेपछि संक्रमितको संख्या पनि बढेको हो । गत २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर गर्दा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जना गरी २ हजार ६३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा एक हजार ५६५ जना कोरोना संक्रमण मुक्त भएपछि कोरोना निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ । यो संक्रमितको ९४ दशमलभ ६ प्रतिशत हो ।
२४ घण्टामा १५ जना संक्रमितको ज्यान गएकाे छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।