Aafno Khabar
खबर

यस्तो छ तीन दिनकाे माैसम पूर्वानुमान, कहाँ–कहाँ बदली र वर्षा ?

काठमाडौं । मनसुनी वायुको सामान्य प्रभाव रहेकाले देशशभरको मौसमा सामान्य बदलीको अवस्था रहेको छ । आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार धेरै स्थानमा भारी वर्षा हुने...

बढ्यो कोरोना संक्रमण, काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी !

काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना संक्रमण दर पछिल्लो केही दिनयता बढ्दै गएका कारण निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत...

सल्लाघारी केन्द्रबिन्दू भएर भूकम्प

काठमाडौं । काठमाडौंमा शुक्रबार बिहान ७ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दू भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि साउन ३ गते दैलेख केन्द्र भएर...

शुक्रबार कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे...

नेपालमा काेराेना संक्रमणदर बढ्दाे, २४ घण्टामा कति थपिए ? 

काठमाडाैं । नेपालमा थप २७ सयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ८२९ जनाको परीक्षण गर्दा २ हजार ७१४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा हालसम्म कोरोना पुष्टि...

दुर्गमकाे दु:ख : कोरोना भाइरसविरुद्धको खोप ट्र्याक्टरमा ढुवानी

मुस्ताङ । वर्षाका कारण खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ । बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा भेरोसेल खोप ढुवानी...

बिहीबार यी स्थानमा छ भारी वर्षाकाे सम्भावना

काठमाडौं । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी...

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

काठमाडाैं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएकाे छ । एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा...

थप २८ सय ३८ जनामा काेराेना संक्रमण, ३० जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन्...

यस्तो छ हरिशयनी एकादशीकाे पूजाविधि र व्रतकथा

काठमाडाैं । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा याे एकादशीका दिनमा...