Aafno Khabar

कोरोना ग्राफ बढ्दो, २४ घण्टामा थपिए करिब ४ हजार संक्रमित

  • आफ्नो खबर
  • २०७८ साउन १२ गते २१:४६ प्रकाशित

काठमाडाैं । कोरोना संक्रमणको ग्राफ लगातार उकालो लागेको छ । मंगलबार २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३ हजार ८९९ मा संक्रमण पुष्टि भएको हो ।

मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।

काठमाडाैं उपत्यकामा मंगलबार मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित थपिएका हुन् ।

यही अवधिमा एक हजार ७७८ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमित काेराेनबाट मुक्त भइसकेका छन् । काेराेना संक्रमण निको हुने ९४.४ प्रतिशत रहेको मन्त्रालयकाे तथ्यांक छ ।

पछिल्लाे २४ घण्टाको अवधिमा २० जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार ७५८ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।

सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसीयू) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेसनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेसनमा दुई हजार ८९८ जना छन् ।