Aafno Khabar
खबर

खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु कोरोनाको स्पष्ट लक्षण हुनसक्छ

खोकी र ज्वरोभन्दा सुँघ्न सक्ने शक्ति गुमाउनु कोभिड-१९ को स्पष्ट सङ्केत हुन सक्छ । अनुसन्धान अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ । युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको...

डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर भनेको छ, ‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने...

वैज्ञानिक वन व्यवस्थापन तत्काल खारेज गर्न फेकोफनको आग्रह

सामुदायिक वन उपभोक्ता महासंघले संसदीय र नागरिक स्तरको उच्चस्तरीय समितिको सुझाव बमोजिम वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ तत्काल खारेज गर्न वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष भारती पाठकद्वारा बिहीबार जारी विज्ञप्तिमा महासंघले उद्योग, पर्यटन, वन तथा...

डा.केसीका माग सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवको माग

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव आमरण अनशनरतमा रहनुभएका डा. गोविन्द केसीलाई भेटन त्रिवि शिक्षण अस्पताल जानुभएको छ । त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटनुभएका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । साथै उहाँले आफ्नो स्वास्थ्य...

सिंचाइ विभागका सिडिईविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले...

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको हो । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ...

उद्योग वाणिज्य महासङ्घको निर्वाचन मङ्सिर ११ र १२ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।...

बिहान १० : १९ बजे दशैँको टीकाको उत्तम साइत

काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा...

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ५०९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । यस्तै, बिहीबार नेपालमा थप १९११ जनामा कोरोना भाइरसको...

उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा ८१७ सहित उपत्यकामा थप ९४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंका ८१७, भक्तपुरका ५८...