काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
यस्तै, बिहीबार नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् ।