Aafno Khabar
खबर

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् । हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज...

विश्वमा ३ करोड ६७ लाख बढी कोरोना संक्रमित

काठमाडाैं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जना...

मौसममा आंशिक बदली रहने

काठमाडौं । देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । बंगालको खाडीको...

यो वर्षको दशैंमा कुन देशमा बस्ने नेपालीले कति बेला टिका लगाउने ?

काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान...

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त

काठमाडौं । सरकारले डिमप्रकाश पौडेललाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रवन्धकमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहनुभएका पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

विश्व दृष्टि दिवसका अवसरमा लियो क्लबको निःशुल्क आँखा शिविर

काठमाडौं । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जनाको आँखा परीक्षण...

दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्न सरकारकाे आग्रह

काठमाडौं । सरकारले दशैंमा मन्दिरमा भिडभाड कम गर्न पुजारीहरुमात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन यस्ताे आग्रह गर्नुभएकाे हाे ।...

नेपालमा थप १२ जना कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५९० पुगेको छ...

उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि

काठमाडौं । उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंका २०८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बिहीबार नेपालमा थप...

थप ४३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर...