काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।
बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् ।