काठमाडौं । सरकारले दशैंमा मन्दिरमा भिडभाड कम गर्न पुजारीहरुमात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन यस्ताे आग्रह गर्नुभएकाे हाे ।
उहाँले दशैंमा सार्वजनिक ठाउँमा पिङ पनि नहाल्न अनुरोध गर्नुभएकाे छ । उहाँले भन्नुभयो ‘मन्दिरमा नित्य पुजा गरौं । सार्वजनिक ठाउँमा लिङ्गे र रोटे पिङ नहालौं ।’
सेवाग्राही फरक फकर समयमा आएर सामाग्री खरिद गर्न सहयोग पग्ने गरी व्यवसायीले पसल बिहानदेखि बेलुकासम्म खाेल्ने व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो । सामान्य रुघाखोकी लागेर आत्तिएर अस्पताल पुग्दा जटिल अवस्था भएकाले उपचार नपाउने सम्भावना हुन सक्ने भएकाले यसबारे विचार पुर्याउन पनि उहाँकाे आग्रह छ ।