Aafno Khabar
अन्तराष्ट्रिय

बेलायतमा फेरि ‘लकडाउन’

बेलायतमा फेरि 'लकडाउन' घोषणा गरिएको छ । सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । पछिल्लो समय बेलायतमा नयाँ किसिमकाे कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि लकडाउन गरिएकाे हाे । पछिल्लो समय बेलायतमा दैनिक काेराेना संक्रमितको संख्या...

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु हल्लिएका र ‘क्रिसमस’ डे मनाउन भेलाभएका विभिन्न स्थानका मनिसहरुमा भागाभागको अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । क्रिसमसका लागि...

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रामक भएको पाइएको थियाे । ‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका...

कोलम्बियाली पत्रकारको गोली हानी हत्या

संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको...

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस दक्षिण अफ्रिकाबाट फैलिएको आशंका

बेलायत । बेलायतमा पछिल्लो समय देखा परेको कोरोना भाइरसको नयाँ प्रकार दक्षिण अफ्रिकाबाट फैलिएको आशंका गरिएको छ । बेलायतका स्वास्थ्यमन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाबाट बेलायत फर्किएका २ जनामा सुरुमा यो भाइरसको लक्षण देखिएको दाबी गरेका हुन् । कोरोना भाइरसको खोप...

अन्टार्कटिकामा पनि कोरोना

अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण पुगेको छ । अन्टार्कटिका महाद्वीपमा रहेका चिलीका सेनाहरुले त्यहाँ रहेको आफ्नो बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्रमा रहेका ३६ जनामा सङ्क्रमण देखिएको बताएको हो । सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक र १० जना मर्मत...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो...

कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्न थालेको छ । बेलायतमा अहिलेको भन्दा अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको प्रजाति देखिएपछि विभिन्न युरोपेली देशले यात्रा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० भन्दा बढि...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए खोप

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बताए । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि...

यूपीमा भयानक दुर्घटना, कन्टेनरसँग ठोक्किँदा कारभित्रका पाँच जना जलेर कंकाल बने

भारत । उत्तर प्रदेशको आगरामा मंगलबार बिहान एक ठूलो दुर्घटना भएको छ । यमुना एक्सप्रेसमा एक कन्टेनर कारसँग ठोक्किएको हो । दुर्घटनामा ५ मानिस जलेर मरेका छन् । गलत दिशाबाट आएको नाल्याण्ड नम्बरको कन्टेनरका कारण दुर्घटना भएको बताइएको छ ।...