Aafno Khabar

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

  • एजेन्सी
  • २०७७ पुष १० गते प्रकाशित

मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु हल्लिएका र ‘क्रिसमस’ डे मनाउन भेलाभएका विभिन्न स्थानका मनिसहरुमा भागाभागको अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७ : ४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराइमा रहेको थियो ।