Aafno Khabar
Feature News

आइतबारसम्म मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशमा मौसम बदली भइरहेकाे छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको...

स्पेनमा पनि स्वैच्छिक मरणले पायो कानुनी मान्यता

एजेन्सी । स्पेनको संसदले स्वैच्छिक मरणलाई कानुनी मान्यता दिएको छ । संसदमा भएको मतदानमा इच्छामृत्युको पक्षमा २ सय २ मत आयो भने विपक्षमा १ सय ४१ मत आएको थियो। अहिले स्पेनको कानूनमा स्वेच्छिक मरण वा स्वेच्छिक मरणमा सहयोग गर्नेलाइ १०...

रोमाञ्चक बन्दै भारत-इङ्ग्ल्याण्डको टी–ट्वान्टी सिरिज, चौथो खेलमा भारत विजयी

काठमाडौं । इङ्ग्ल्याण्ड भारतसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।...

आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा...

म्यानचेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा,पोग्बाको निर्णायक गोल

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २–१ को जितसहित अन्तिम...

वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण आप्रवाहमा भने ११ प्रतिशतले वृद्धि

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको सात महिनामा कूल ५ खर्ब ६७ अर्ब ७० करोड...

एमाले खनाल–नेपाल समूहको भेलाले के गर्‍याे निर्णय ?

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले देशभर पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदमकोविरुद्ध देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २...

छाेरी बलात्कार गर्ने बुबालाई २५ वर्ष जेल

डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । गत आसोजमा आफ्नै...

विश्वकाे सबैभन्दा प्रदुषित सहरमा नयाँ दिल्ली, ११ औँ स्थानमा काठमाडाैं

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली तेस्रो वर्ष लगातार विश्वकै सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ । ‘आइक्यु–एयर’ नामक सो स्वीस ग्रुपले फोक्सोमा हानि पुर्याउने सबैभन्दा सुक्ष्म धुलोको कण, पीएम २.५ को मात्राका आधारमा विश्वव्यापी हावाको गुणस्तर मापन गर्ने गर्दछ...

चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा थियाे ४ महिने शिशु

काठमाडाैं । आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी थिइन् । घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त...