काठमाडाैं । भदौ दोस्रो साताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन...
काठमाडाैं । देशका अधिकांश भूभागमा मंगलबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाकाे सूचनामा...
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हाे । सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गुप्तचर निकायका एजेन्टले स्टेजमा गएर जानकारी दिएका थिए । ट्रम्पकाे सुरक्षामा खटिएका...
इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा इन्टर मिलानले बायर लेभरकुजनमाथि २–१ काे जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो । इन्टर मिलानको जितमा निकोलो बारेला र रामेलु लुकाकुले गोल...
म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनमाथि १–० काे जित निकालेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो । युनाइटेडले खेलकाे अतिरिक्त समयमा गाेल गर्न सफल भएकाे हाे...
काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन् । राजनले केही महिनाअगाडि एक...
काठमाडाैं । भारतमा पहिलोपटक २४ घण्टाकाे अवधिमा एक हजार बढी मानिसको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको हाे । उक्त अवधिमा ६२ हजार...
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोभिड १९ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, साेमबार देशभर ३ सय ३८ जनामा...
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र अन्य क्याम्पस कार्यालयहरु आंशिक रुपमा सञ्चालन हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गरी देशका विभिन्न ठाउँहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले त्रिविका अत्यावश्यक...
काठमाडौं । महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा लिलामीमा राखिएको छ । सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ । यसको मूल्य १० हजारदेखि १५ हजार पाउण्ड रहने अनुमान छ । यो चस्मा गान्धीले १९०० को दशकमा उपहार दिएका...