Aafno Khabar

साताको अन्तिम दिन नेप्से घट्दा कारोबार रकममा वृद्धि

  • आफ्नो खबर
  • February 6, 2025 प्रकाशित

काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो।

नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार ८ अर्बभन्दा बढीको कारोबार भएको थियो भने आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच भएको छ।

आज बजार घट्दा पनि ७४ कम्पनीको शेयर मूल्य बढेको छ, जबकि १६० कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर ३१५ कम्पनीको शेयर किनबेच हुँदा ९२ हजार ३२६ पटक कारोबार भएका छन्।

आज १३ वटा समूहमध्ये फाइनान्स समूहबाहेक सबै समूहहरू राताम्य भएका छन्। फाइनान्स समूह १.५८ प्रतिशतले बढेर २७२२.३९ विन्दुमा पुगेको छ।

समूहगत रुपमा सबैभन्दा ठूलो गिरावट विकास बैंक समूहमा देखिएको छ, जसको परिसूचक १.५३ प्रतिशतले घटेर ५७२५.४४ विन्दुमा पुगेको छ। सबैभन्दा कम गिरावट ट्रेडिङ समूहमा देखियो, जसको परिसूचक ०.११ प्रतिशतले घटेर ४३५८.२५ विन्दुमा सीमित रह्यो।