Aafno Khabar

नेप्सेमा ४.४५ अंकको गिरावट

  • आफ्नो खबर
  • February 5, 2025 प्रकाशित

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य गिरावटसँगै ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागे पनि फाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखिएको छ, जसले ५.६३ प्रतिशतले उछाल मार्न सफल भयो।

आज १३ वटा समूहमध्ये ५ वटा समूहमा वृद्धि भएको छ भने फाइनान्स समूहले सबैभन्दा उच्च वृद्धि हासिल गरेको हो। तर, कुल कारोबार रकममा भने गिरावट देखिएको छ। आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ।

यस दिन १३३ कम्पनीको शेयर मूल्य बढेको छ, १२२ कम्पनीको मूल्य घटेको छ, भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ३०९ कम्पनी कारोबारमा आएर ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ।