Aafno Khabar

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड

  • आफ्नो खबर
  • February 3, 2025 प्रकाशित

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको छ। आजको कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जसअन्तर्गत २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका ३०९ कम्पनीहरूमध्ये ९७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३७ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज कुल १ लाख ११ हजार ९१८ पटक सेयर कारोबार भएको छ।

१३ समूहमध्ये ७ समूहको सूचक बढ्दा ६ समूह घटेको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, सबैभन्दा धेरै फाइनान्स समूह १.०७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन समूह ०.०१ प्रतिशतले घटेको छ।