पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअन्तर्गत अमेरिकी डलरको भाउ केही घटेको देखिएको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्यमा पनि कमी आएको छ। अन्य केही मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ भने युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरजस्ता मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ६४ पैसा र बिक्री दर १३८ रुपैयाँ २४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७० रुपैयाँ ९४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६८ पैसा तोकिएको छ।
यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ०४ पैसा र बिक्री दर ९६ रुपैयाँ ४६ पैसा रहेको छ। जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्री दर आठ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ र बिक्री दर १९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिरामलगायत खाडी क्षेत्रका मुद्राको भाउमा सामान्य गिरावट आएको छ। साउदी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा छ। कुवेती दिनारको खरिद दर ४४६ रुपैयाँ ८० पैसा र बिक्री दर ४४८ रुपैयाँ ७५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३६५ रुपैयाँ १३ पैसा र बिक्री दर ३६६ रुपैयाँ ७२ पैसा तोकिएको छ।
थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमय दर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ।
राष्ट्र बैंकले यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने जानकारी दिएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।