काठमाडौं । सी फूड मन पराउनेहरुका लागि भक्तपुरको राधे राधेमा रहेको द एटलान्टीक रेष्टुरेन्ट उत्कृष्ट गन्तब्यको रुपमा विकास हुँदै गएको छ । करिब २ वर्षअघी ३ करोड रुपैयाँको लागतमा खुलेको द एटलान्टीक रेन्टुरेन्टमा सी फूडको अलवा नेपाली खानाका परिकार पनि पाइन्छन् ।
विशेष गरी विदेशमा सी फूडको स्वाद लिएका नेपाली तथा नेपालमा आउने पर्यटकका लागि खोलिएको द एटलान्टीकमा सी फूडका नेपाली प्रयोग पनि पाउन सकिन्छ । सी फूडमा प्रयोग हुने स्पेशल मसलासमेत विदेशबाट आयात गरिने द एटलान्टीकमा चाइनीज खानाका परिकार स्पेशल रहेको छ ।
कोटेश्वर सूर्यबिनायक सडक मार्गको राधे राधेमा रहेको द एटलान्टीकमा सी फूड तथा नेपाली मौलिक परिकारको साथमा विभिन्न उत्सव मनाउने गरी हलहरुको पनि ब्यवस्था छ । बालबालिका देखि बुद्धबुद्धासम्मले सी फूड्को आनन्द लिँदै रमणीय स्थलको अवलोकन् गर्न पाइने रेष्टुरेन्टमा हरेक साँझ मनोरम म्युजिकसहितको ब्याण्डको पनि ब्यवस्था छ ।
हरेक दिन बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहने द एटलान्टीकमा पारिवारिक जमघटदेखि साथीभाईसँग रमाइलो भेटघाटका लागि पनि उपयुक्त वातावरण रहेको छ । सी फूडको स्वादसँगै अन्य मनपर्ने परिकारसहित आतिथ्यताको पर्खाइंमा छ द एटलान्टीक रेष्टुरेन्ट ।