Aafno Khabar

कागको दिशा शरिरमा परे के हुन्छ ? यस्ता छन कागले दिने शुभ र अशुभ संकेत !

  • आफ्नो खबर
  • June 28, 2023 प्रकाशित

हाम्रो समाजमा विभिन्न विषयलाई शुभ र अशुभ संकेतका रुपमा हेर्ने गरिन्छ । विशेष गरी धार्मिक आस्था भएका मानिसहरु हरेक कामलाई शुभ मूहर्तमा सुरु गर्नुपर्नेमा जोड दिन्छन् ।

शुभ र अशुभ धार्मिक आस्थाको रुपमा शास्त्रमा उल्लेख भएअनुसार ब्याख्या गरिँदै आएको छ । शास्त्रमा कागलाई विशेष प्राणिको रुपमा ब्याख्या गरिएको छ । कागले धेरै कुरा जानकारी दिन सक्ने समेत मानिसहरुले विश्वास गर्छन् ।

शास्त्रका अनुसार कागले थाहा दिने शुभ र अशुभ संकेतहरु हुने विश्वास गरिन्छ । अझ धेरै मानिसहरु कागले शरिरमा दिशा गरे के हुन्छ भन्ने विषयमा निकै चासो राख्छन् । हामी हिड्दै गर्दा कहिले काँही उडिरहेको वा कतै बसेको कागले हाम्रो शरिरमा दिशा गरेको हुन सक्छ । यसले मानिसलाई निकै तनाबमा पारेको पनि हुन सक्छ ।

वास्तवमा कागले दिशा गरेको वा नगरेको विषय ठूलो बनाउनुपर्ने आवश्यकता होइन् । हामी हाम्रो कर्ममा इमान्दारी पूर्वक लाग्दा आउने परिणामा सकारात्मक हुन्छ । तर, शास्त्रमा विश्वास गर्नेहरुले भने कागले शरीरमा दिशा गर्यो भने अशुभ मान्छन् । कागले शरिरमा दिशा गरेमा मानसिक पीडा सामाना गर्नु पर्ने संकेत गर्छ भन्ने शास्त्रिय मान्यता छ ।

कागले दिने शुभ र अशुभ संकेत यी हुन :

१. काग समूहमा आएर घरको छतमा चिच्यएर कराउन थाले भने यसलाई अशुभ मानिन्छ । काग आपसमा झगडा गरेको पनि अशुभ नै मानिन्छ । यसले घर मालिकलाई संकट आउने संकेत गर्छ ।

२ . उत्तर दिशामा दोपहर भन्दा अघि रुखमा बसेर कराएको पूर्व वा सुनियो भने यसले शुभ संकेत गर्छ । यसले दिन आर्थिकपमा लाभदायक हुने संकेत गर्छ । यसले स्त्री सुख पनि प्राप्त हुन सक्छ ।

३.  काग छतमा बसेर दक्षिण तर्फ फर्केर करायो भने अशुभ मानिन्छ । यसले घरमा कसैको मृत्यु वा असाध्यै कष्टकर समस्याको सामाना गर्नु पर्ने संकेत गर्छ ।

४.  कतै जाँदै गरेको समयमा कागले कुनै भाँडोमा पानी पिउँदै गरेको देखियो भने यो शुभ संकेत हो । यसले धन लाभ हुने संकेत दिन्छ । जुन काम थालेको हो त्यो सफल हुन्छ भन्ने संकेत समेत दिन्छ ।

५.  कागले मुखमा रोटी वा मासुको टुक्रा लिएको अवस्थामा देखियो भने यो पनि शुभ संकेत हो । यसले तपाइँको इच्छा पुरा हुने संकेत गर्छ ।

६.  कागले तपाइँको शरीरमा बिस्ट्याइदियो भने अशुभ मानिन्छ । यसलले मानसिक पीडा सामाना गर्नु पर्ने संकेत गर्छ ।

७.  कागले कुनै पनि ब्यक्तिको शीरमा बस्न खोज्यो वा बस्यो भने अशुभ मानिन्छ । यसले रोध वा धन नाशको संकेत दिन्छ ।

८.  विहानै काग उड्दै आएर खुट्टामा छोयो भने शुभ मानिन्छ । यसले जीवनमा उन्नतीको संकेत गर्छ ।

९.  विहान तपाइँको घरमा आएर काग करायो भने पाहुना आउने संकेत गर्छ ।