Aafno Khabar

कहालिलाग्दो व्यापार : आठ महिनामा मुलुकको व्यापारघाटा साढें ९ खर्बमाथि

  • आफ्नो खबर
  • March 22, 2023 प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढें ९ खर्बमाथि पुगको छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब नाघेको हो ।

व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा भने करिब १८ प्रतिशते कम रहेको हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६१ अर्ब बराबरको व्यापार घाटा पुगेको थियो ।

समग्र आयात नै घट्दा व्यापार घाटामा केही कमी आएको हो । यस अवधिमा मुलुकमा कुल १० खर्ब ५८ अर्ब बराबरको वस्तु आयात हुँदा निर्यात भने जम्मा १ खर्ब ४ अर्ब बराबरको भएको विभागले जनाएको छ ।

यस अवधिमा पट्रोलियम पदार्थमात्रै १ खर्ब ९६ अर्ब रुपैयाँ बढीको आयात भएको विभागको तथ्यांक छ ।