Aafno Khabar

दोस्रो बलमा विकेट लिएपछि सन्दीपको आँखामा आँसु….

  • आफ्नो खबर
  • February 14, 2023 प्रकाशित

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङ गरेका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। बलात्कार आरोप लागेपछि निलम्बनमा परेका लामिछानेलाई अदालतले धरौटीमा छाडेपछि पहिलो पटक राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।

लामिछाने मैदानमा भावुक बन्दा मैदान बाहिर रहेका सर्मथकले उनको पक्षमा हुटिङ गरेका थिए ।ताजा अवस्थामा नामिबिया १५ ओभरमा २ विकेट गुमाएर ५३ रनका साथ खेलिरहेको छ ।