Aafno Khabar

सन् २०२७ सम्म एमबाप्पे रियल म्याड्रिडमा रहने सम्झौता गरेको दावी

  • आफ्नो खबर
  • May 19, 2022 प्रकाशित

काठमाडौं । एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो ।

२२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ र त्यहाँ अर्को सिजन कहाँ खेल्छन् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

अहिलेसम्म एमबाप्पेले पीएसजी वा रियल म्याड्रिडमा जाने प्रतिवद्धता सार्वजनिक गर्न अस्वीकार गरेका छन् तर आइतवार राति लिग १ अवार्ड समारोहमा उनले आफ्नो भविष्यबारे छिट्टै घोषणा गरिने बताएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार फरवार्डले गत हप्ताको सुरुमा वार्ताका लागि म्याड्रिड भ्रमण गरेपछि २०२७ सम्मका लागि सम्झौता गर्दै स्पेनिस च्याम्पियन रियलमा हस्ताक्षर गर्नेछन् ।

मार्काको दाबी अनुसार सान्टियागो बर्नाबेउमा एमबाप्पेको तलब पीएसजीले उनलाई लिग १ मा रहन प्रस्ताव गरेको भन्दा कम रहेको छ ।

‘म मेरो भविष्यको बारेमा भन्न सक्दिन तर तपाईले चाँडै थाहा पाउनुहुनेछ, यो लगभग तय भइसकेको छ,’ एमबाप्पे ले आइतबार राति भनेका थिए, ‘मैले निर्णय त लिइसकें, तर यो सही समय होइन ।’एमबाप्पे अवार्ड समारोहमा लगातार तेस्रो वर्ष लिग वानको प्लेयर अफ द सिजन घोषित भए ।

एमबाप्पेले यो सिजन पिएसजीलाई लिग वानको च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका छन् । उनले यो सिजन लिग वानमा २५ गोलसँगै १७ असिस्ट दिएका छन् ।

एमबाप्पेको रियल म्याड्रिड जाने पुष्टि भएसँगै एक वर्षदेखि चलिरहेको ट्रान्सफर गाथाको अन्त्य हुनेछ । लस ब्लान्कोसले गत समरमा एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरे तर पीएसजीले १५४ मिलियन पाउण्डसम्मको प्रस्ताव अस्वीकार गरेको थियो ।