Aafno Khabar

युनाइडेटको जितमा रोनाल्डोको गोल

  • आफ्नो खबर
  • December 12, 2021 प्रकाशित

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ। इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति युनाईटेडले नर्विच सिटीलाई १–० ले हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

‍यो सँगै अन्तरिम प्रशिक्षकको रूपमा युनाईटेड सम्हालेका राल्फ रंगनिक अपराजित रहेका छन्।आजको जितसँगै युनाईटेडले १६ खेलबाट २७ अंक जोडेर तालिकामा चौथो स्थानको वेष्टह्यामसँग अंक बराबरी गरेको छ। गोल अन्तरमा पछि परेको युनाइडेड पाँचौ स्थानमा रहेको छ। छ। नर्विच १० अंक सहित तालिकाको पुछारमा छ।