Aafno Khabar

कांग्रेस केन्द्रीय सदस्यमा बसन्त बहादुर सीकेको उम्मेदवारी

  • आफ्नो खबर
  • December 11, 2021 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा बसन्त बहादुर सीकेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । कांग्रेस निकट नेपाल शिक्षक संघको पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका सीके कांग्रेसको पूर्व महासमिति सदस्य पनि हुन् ।

पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेका सीकेले स्थानीय स्तरमा लोकप्रिय नेताको परिचय बनाएका छन् । बौद्धिक क्षेत्रका कांग्रेस शुभेच्छुकहरु सीकेको उम्मेदवारीबाट उत्साहित देखिएका छन् ।

नेपाली कांग्रेसमा बिपीको सिद्धान्तको पथ प्रदर्शक रहेका सीकेले नेपाली कांग्रेसको शुद्धिकरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।