काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शुक्रबार १ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।
महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४४ सय महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेको कांग्रेसले जनाएको छ।
महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्नेक्रम पनि सुरू भइसकेको छ । शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने कांग्रेसले जनाएको छ ।