Aafno Khabar

प्रतितोला पाँच सय रुपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

  • आफ्नो खबर
  • November 17, 2021 प्रकाशित

काठमाडौं । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेकाे छ । बुधबारका लागि छापावाल सुन ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बुधबारको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।