काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा २ हजार ७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकामा थप पाँच सय १९ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ३६४, ललितपुरका ८९ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण कृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।
हाल देशभर ३० हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय ५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।