Aafno Khabar

समाजवादीमा नेताहरुकाे जिम्मेवारी बाँडफाँट, प्रदेश इन्चार्ज पनि तोकिए

  • आफ्नो खबर
  • September 5, 2021 प्रकाशित

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले प्रदेशको इन्चार्ज तोक्नुका साथै नेताहरुको जिम्मेवारी विभाजन गरेकाे एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश–२ माधर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने तोक्न बाँकी रहेको छ ।

उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीमा विजय गुरूङ, मोर्चा इन्चार्जमा डा. विजय पौडेल, प्रचार विभागमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी तोकेको छ ।

समाजवादीले केन्द्रीय सचिवालय पनि बनाएको छ । जसमा बेदुराम भुषाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ सदस्य रहेका छन् ।

केन्द्रीय सचिवालयको बैठक आइतबार दिउँसो ३ बजेको लागि बोलाइएको छ ।

समाजवादीले नेता झलनाथ खनालको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति पनि बनाएको छ । जसमा बेदुराम भुषाल, राजेन्द्र पाण्डे, प्रमेश हमाल, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुषाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक सदस्य रहेका छन् ।