Aafno Khabar

गोकुल बाँस्कोटाकाे ब्यंग्य : चन्द्रागिरी जामजाम लाग्या थियाे निम्तै दिएनन्

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडाैं । एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालले आफू पक्षीय नेताहरुलाई चन्द्रागिरिको एक रिसोर्टमा राखेको प्रति व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि चन्द्रागिरी जामजाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हाँडी घोप्टे रेछन् बाक्लो दाल खाँदा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ । किड्नीलाई राम्रो गर्छ रे ।’

नेकपा एमालेबाट छुट्टिएर भदाै ९ गते पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपालले आफू पक्षका नेताहरू लिएर चन्द्रागिरी रिसाेर्ट पुगेका हुन् । उनीहरू बुधबार बिहानसम्मै चन्द्रागिरीमा बस्ने स्रोतको दाबी छ ।

याे पनि : चन्द्रागिरी रिसाेर्टमा माधव नेपाल, एकता पक्षधरले मन भाँडिदिने डर

माधव नेपालसँग नगएका एमालेका नेताहरूले साेमबार अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा छलफल गरेका थिए । ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र मंगलबार बिहान स्थायी कमिटी बैठक बस्ने बताइएकाे छ ।

यस्ताे परिस्थितिमा अन्य नेताहरुकाे ध्यान नभड्कियाेस् भन्नका लागि नेपालले चन्द्रागिरीमा आफू निकट नेता लान खाेजेकाे बुझिएकाे छ । त्यहीँबाट बुधबार दल दर्ता गर्नका लागि जाने अनुमान पनि गरिएकाे छ ।