Aafno Khabar

मानुषी लघुवित्तकाे आईपीओ, भाग्यमानी तीन जनाले पाए ११ कित्ता

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेकाे छ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर सोमबार बाँडफाँड गरेकाे हाे । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँड भएको हो ।

लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेको थियाे । लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोला प्रथाबाट १० कित्ताको दरले शेयर वितरण गरिएकाे छ । गाेलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी तीन जनाले ११ कित्ता शेयर पाएका छन् ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

पछिल्लाे समय शेयरमा लगानी गर्नेहरुकाे संख्या उल्लेख्य मात्रामा बढेकाे छ । यही कारण आईपीओ पर्ने सम्भावना न्यून भइरहेकाे छ । उक्त कम्पनीमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएको छ ।

कम्पनीले वैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गरी बोर्डमा आवेदन दिएको थियाे । गएकाे असार ३१ गते शेयर निष्काशनको लागि कम्पनीले अनुमति पाएको थियो ।