काठमाडाैं । अबदेखि मेराे शेयरकाे पासवर्ड आफैँले रिसेट गर्न मिल्ने भएकाे छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले मेरो सेयर पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याएकाे हाे । यसअघि याे सुविधा थिएन ।
मेरो सेयरमा ‘फरगट योर पासवर्ड’ अप्सन थपिएपछि प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । अब लगानीकर्ताले पासवर्ड बिर्सिएमा रिसेटका लागि सम्बन्धित डीपीमा आग्रह गर्नुपर्ने बाध्यता हटेको छ ।
मेराे शेयरमा याे अप्सन नहुँदा यसअघि प्रयाेगकर्ताले पासवर्ड बिर्सिएमा रिसेटका लागि सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने गर्नुपर्ने हुन्थ्याे । अब याे बाध्यता हटेकाे छ । अबदेखि आफैँले पासवर्ड परिवर्तन गर्न सकिने छ ।
यो सेवा नि:शुल्क छ । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौँ लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हटेकाे छ । मेराे शेयर एप्लिकेशनमार्फत पनि आफ्नाे पासवर्ड रिसेट गर्न सकिनेछ ।