काठमाडौं । नेकपा एमालेबाट विभाजित नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । अब नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।
एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार उक्त नाम नमिल्ने भएपछि शुक्रबार फेरि निवेदन दिने तयारी गरिएकाे छ ।
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता रहेकाले सर्वोच्चको फैसला र दलसम्बन्धी ऐनले सोही नामको अर्को दल कोष्टमा समाजवादी राखेर दर्ता हुन नसक्ने आयोगले जानकारी दिइसकेको स्राेतले बताएकाे छ ।
अहिले माधव नेपाल पक्ष नेकपा एमाले (समाजवादी) नाम राख्न नमिल्ने भएपछि अर्को नामको छलफलमा छ । नेकपा (समाजवादी)मात्र राख्नेबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यसैगरी जसपा लाेकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई पनि अर्काे नाम लिएर आउन निर्वाचन आयाेगले जानकारी गराइसकेकाे स्राेतकाे दाबी छ ।