काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार सुन चाँदीकाे मूल्य बढेकाे छ । अघिल्लाे साता तीव्र गिरावट आएकाे सुन चाँदीकाे मूल्यमा याे साता भने पहिलाे दिनमा नै वृद्धि भएकाे छ ।
आइतबार सुनकाे मूल्य एक हजार रुपैयाँले बढेकाे हाे । आइतबार छापावाल सुन ९० हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । चाँदी पनि आइतबार एक हजार २०५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । आइतबर तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।