काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछाडेको भनी टिप्पणी गरेका छन् ।
पाेखरेलले दाङमा शनिबार आयोजित एक कार्यक्रममा यस किसिमकाे टिप्पणी गरेका हुन् । उनले अहिले पनि माधव नेपालकाे ढाडमा टेकेर नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार गरेकाे आराेप लगाएका हुन् । उनले भने ‘हामीले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने निर्णय गर्याैँ । तर प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी ओलीको टोउकोमा हान्ने कोसिस गरे ।’
उनले प्रचण्ड र माओवादीका नेतालाई आधार बनाएर एमालेले चुनावी गठबन्धन गरेको पनि बताए । ‘पार्टी एकतालाई प्रचण्डले बुझेनन् । उनले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्न सकेको रहेनछन् । अहिलेको परिणामले त्यही पुष्टि भएको छ’ पाेखरेलले भने ।
प्रचण्डमा रहेको अवसरवाद र महत्वकांक्षाका कारण देश अस्थिरतामा गएको आरोप पनि उनले लगाएका छन् ।