Aafno Khabar

सानिमा लाइफको आईपिओ, दोस्रो दिनमा ४ गुणा बढीको आवेदन

  • आफ्नो खबर
  • August 5, 2021 प्रकाशित

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म ४ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा बिहीबार साँझसम्ममा करिब १५ लाख आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ४.४० गुणा बढी रहेकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ ।

यसअघि बुधबार पहिलाे दिनमा नै २ गुणा बढी आवेदन गरेकाे थियाे । आईपिओ बिक्री खुला गर्दा पहिलाे दिनमा परेकाे उक्त आवेदन हालसम्मकाे उच्च रहेकाे थियाे ।

आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।

यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा गरेकाे हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापूँजी २ अर्ब पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ ।