काठमाडौं । एमाले सांसद महेश बस्नेतले खोपको दुरुपयोग भएको भन्दै संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले कविता मार्फत् सरकारका गतिविधिमाथि व्यङ्ग्य गरेका हुन् ।
उनले सरकारले व्यापारीलाई मन्त्री बनाएको र सक्षम सचिवको सरुवा गरेको भन्दै सरकारका गतिविधिको आलोचना पनि गरे ।
बस्नेतले दार्चुलामा तुइन काटेको विषयमा सरकार मौन बसेको आरोप लगाए । त्यसको समाचारसमेत नबनेको उनको आरोप छ । ‘प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप ! कांग्रेसका मेयरका घरमा खोप’, उनले भने, ‘होटलमा सत्ता पक्षका कार्यकर्तालाई खोपैखोप । जनता दिनभर लाइनमा खोप न सोप !’
यस्तो छ सांसद बस्नेतको कविता :
एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मैन बस, समाचार नबनाउ,
प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप, उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।
विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउँछ, दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ, स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढी पीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन्
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन्
माओवादी जसपा भन्दैछन्, मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए, भूकम्प ल्याए ।
परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ, मन्त्री परिषद गठन भएन,
न्यूनतम साझा कार्यक्रम आएन, प्रधानमन्त्री,
अब बेरोजगार भएका त्रीपाठीहरुलाई अदालत पठाउनुहोस्
फलाना पार्टीका फलाना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा ‘आइ लभ यु ।’