काठमाडाैं । यतिबेला जलविद्युत् कम्पनीकाे शेयरमा लगानीकर्ताकाे आकर्षण निकै देखिएकाे छ । आइतबार शेयरबजारको कारोबार सुरु भएको १५ मिनेटमा नै दुई जलविद्युत् कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ ।
अहिले जलविद्युत् क्षेत्रमा लगानीकर्ताहरू झुम्मिएका छन् । घलेम्दी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । यी दुवै कम्पनीको शेयरमूल्य क्रमश: ३८ र ३६ रुपैयाँले बढेको हो ।
आइतबारको बजारमा हाइड्रोपावर र फाइनान्स समूहको सूचक बढिरहेको छ । पछिल्लो केही दिनदेखि जलविद्युत् क्षेत्रका शेयर किन्ने लगानीकर्ताको चाप पनि बढेकाे छ । उक्त चाप आइतबार पनि कायम नै देखिएकाे छ ।
साेमबार बिहानदेखि नै अनलाइन कारोबारमा समस्या आएपछि केही ब्रोकर कम्पनीका लगानीकर्ता शेयर कारोबार गर्नबाट बन्चित भएका छन् । शेयर कारोबार गर्न नपाएपछि लगानीकर्ता आक्रोशित पनि देखिएका छन् । कतिपय ब्राेकर कम्पनीमा लगानीकर्ताले समयमा काराेबार गर्न नपाएकाे भनी आक्रोश पाेखेका हुन् ।