Aafno Khabar

सीवाईसी लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने

  • आफ्नो खबर
  • July 9, 2021 प्रकाशित

काठमाडाैं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

यद्यपी आईपीओ जारी गर्ने मिति भने ताेकिएकाे छैन । आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भइसकेकाे छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले केही समय अघिमात्र गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थासँग प्राप्ती ((एक्वीजिशन) गर्नका लागि राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेकाे थियाे ।